मानव वेचविखन तथा ओसारपसार कार्यमा संलग्न एक जना पक्राउ
मानव वेचविखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका वडा नंम्बर ७ स्थायी घर भई हाल काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका वडा नंम्बर ५ बस्ने बर्ष ४८ को खेम प्रसाद भट्टराई रहेका छन् ।
भट्टराईले म्याग्दी वेनी नगरपालिका वडा नंम्बर १० स्थायी घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर २ गोलाघाटमा परीवारसंग बस्दैआएकी एक महिलालाई कुवेत पठाइदिन्छु महिनाको ५० हजार रुपैयाँ तलब आउँन्छ भनी पीडितलाई झुक्याएर भारत पुर्याइ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवन तथा साना हातहरु नेपालको टोलीले सोमबार बिहान दस बजेको समयमा नारायणगढको पुलचोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका भट्टराईले भारत हुँदै कुवेत लगी बिक्री गर्ने मनशाय राखी पीडितलाई यो विषयमा कसैलाई पनि नभन्नु भनी सिकाई ललाईफकाई लैजादै गरेका थिए । पक्राउ परेका भट्टराई विरुद्ध मानव वेचविखन तथा ओसारपसार कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्