जुम्लामा तेस्रो स्याउ महोत्सव सुरु
जुम्ला । जुम्लामा तेस्रो स्याउ महोत्सव सुरु भएको छ । जुम्ली स्याउको बजार प्रवर्द्धनका लागि आयोजित महोत्सव सुरु भएको हो ।
महोत्सवमा विभिन्न १४ प्रकारका स्याउका स्टलमा राखिएको थियो । साथै, स्याउबाट उत्पादित जाम जेलि, वाइन लगायतका परिकार पनि बिक्री तथा अवलोकनका लागि राखिएका छन् ।
महोत्सवमा राखिएका स्याउ र परिकारहरूको कृषि विज्ञसहित अतिथिहरूले अवलोकन गरेका छन् । उत्कृष्ट हुने किसानहरूले पुरस्कार पाउने छन् ।
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले जुम्लाको आर्थिक समृद्धिको आधार स्याउ मात्रै भएकोले उत्पादन तथा बजारीकरणमा सरकारले सहजीकरण गर्नुपर्ने बताए । जुम्ली किसानको मेहनतले स्याउ उत्पादन वृद्धि हुँदै गए पनि बजारको अभावले थन्किने चिन्ता छ । उनले भने ‘किसानलाई अनुदान, ढुवानीमा सहुलियत, स्याउ खेती विस्तारमा सरकारले लगानी बढाउनुपर्छ । स्याउ महोत्सवलाई आगामी दिनमा पनि निरन्तरता दिन जरुरी छ ।’
प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केसरीले जुम्लाको स्याउको ढुवानीमा राज्यले सहुलियत दिनुपर्ने बताउनुभयो ।
कान्जिरोवा टाईम्सका प्रकाशक महेन्द्र कार्कीले जुम्ली स्याउको बजारीकरण र जुम्लाको आर्थिक समृद्धिका लागि हरेक वर्ष झैँ स्याउ महोत्सवको निरन्तरता दिएको बताए । उनका अनुसार स्याउले जुम्लाको अर्थतन्त्रमा ठुलो योगदान दिने भएकोले पनि उत्पादन वृद्धि र बजार प्रवर्द्धनका लागि महोत्सव आवश्यक छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जुम्लामा तेस्रो स्याउ महोत्सव सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्