निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकियो
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरासँग बयान लिने क्रम सम्पन्न गरेको छ ।
समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराले समितिले तयार पारेको ४३ मध्ये आज बाँकी ८ प्रश्नको जवाफ दिनुभएपछि बयान दिने क्रम सकिएको हो ।
बयानका क्रममा उहाँले आफ्नो बचाउ गर्नुभएको समितिका सदस्य एवं काँग्रेस सचेतक मीन विश्वकर्माले जानकारी दिनुभयो ।
बयानमा जबराले नाम लिनुभएकाहरुसँग पनि समितिले छलफल गर्ने तयारी गरेको छ ।
साथै नेपाल बार एसोसिएसनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीशलगायतलाई बोलाउने समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्