सोलुखुम्बुबाट माओवादीले गर्यो उम्मेदवार सिफारिस
सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बुले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार सिफारिस गरेको छ ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ हेमकुमार राई, असिम राई, शिवबहादुर बस्नेतको नाम सिफारिस गरेको छ । हेमकुमार वर्तमान प्रतिनिधिसभा सदस्य, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज हुनुहुन्छ भने असिम माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुका संयोजक तथा थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष हुनुहुन्छ । शिवबहादुर माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ ।
प्रतिनिधिसभा समानुपातिकतर्फ दिलबहादुर नेपाली, पासाङ शेर्पाको नाम सिफारिस गरिएको छ । सल्लेरीमा सम्पन्न जिल्ला समन्वय समितिको विस्तारित बैठकले प्रदेश सभा (क) प्रत्यक्षतर्फ गोम्बु शेर्पा (कज्र्याङ), हिमाल गिरी, जुद्धबहादुर कार्की, रामकुमार राई र रामेश्वर कार्कीको नाम सिफारिस गरिएको ।
प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ ठमनाथ पराजुली, ङिमातेण्डुप शेर्पा, नाम्गेल शेर्पा, दावा तेन्जी शेर्पाको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, प्रदेश सभा (क) र (ख) बाट समानुपातिकतर्फ दिव्या खालिङ राई, शारदामाया तामाङ, दिपक श्रेष्ठ, रग्बा शेर्पा, अमृता कुलुङ, प्रल्हाद राई, बलबहादुर राई, धनकुमार विश्वकर्मा, केशरबहादुर राई, टेकबहादुर बस्नेत र अनिसा राईलाई सिफारिस गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सोलुखुम्बुबाट माओवादीले गर्यो उम्मेदवार सिफारिस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्