Techie IT
मंगलबार, मंसीर २,२०८३

प्रधानसेनापति र अमेरिकाका महामहिम राजदूतबीच भेटवार्ता


काठमाडौं । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र अमेरिकाका राजदुत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ । हिजो जंगी अड्डास्थित प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो ।
नेपालका लागि मित्रराष्ट्र अमेरिकाका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता आउने अवसरमा सो भेटवार्ता भएको थियो ।
उक्त भेटवार्तामा प्रधान सेनापति महारथी शर्माले महामहिम राजदूतले पूरा गर्नुभएको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिनु भएको थियो ।
सो भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रधानसेनापति र अमेरिकाका महामहिम राजदूतबीच भेटवार्ता


तपाईको कमेन्ट लेख्नुहोस्