प्रतिनिधि सभा सदस्यको लागि सिफारिस भएका अधिकारीले छाडे नेकपा एस
हेटौंडा । माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्यको लागि मकवानपुर क्षेत्र नंबर १ को लागि सिफारिस भएका विशभ अधिकारीले पार्टी छाडेका छन् ।
सोमबार एक विज्ञप्ती जारी गर्दै अधिकारीले साधरण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् । उनले सत्तारुढ नेकपा एससहित गठबन्धनमा आबद्ध दलले राष्ट्रहित विपरित नागरिकता विधयक ल्याउँदा र वैदेशिक हस्तक्षेप बढ्दा पार्टीले त्यसलाई रोक्न कुनै भूमिका नखेलेको भन्दै पार्टीबाट राजीनामा दिएको बताएका छन् ।
विशभ गत स्थानीय तहको निर्वाचन अघि आफ्नो बुवा मधु अधिकारीसंगै राप्रपाबाट नेकपा एस प्रवेश गरेका थिए । विशभ तत्कालिन राप्रपा मकवानपुरका प्रवक्ता समेत रहेका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्