बागमती प्रदेश अन्तर्गतको ३ जिल्लाको विभिन्न स्थानमा ३ शव फेला
काठमाडौं । बागमती प्रदेश अन्तर्गतको ३ जिल्लाको विभिन्न स्थानमा ३ शव फेला परेको छ ।
सोमबार दोलखाको कालिन्चोक-१, सिन्धुलीको फिक्कल-३ र मकवानपुरको कैलाश-२ मा गरी तीन शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दोलखाको कालिन्चोक १ का ५७ वर्षीय छत्र बहादुर मगर आफ्नै घरनजिकै झर्निखोलाको पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् भने फिक्कल-३ पर्किनि बेसीको सुनकोशी नदिको किनारमा फेला परेको शवको नामथर नखुलेको र लिङ्ग समेत पहिचान गर्न नसकिने गरी सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
यसैगरी, मकवानपुरको कैलाश-२ बैकुण्ठमा स्थानीय ४६ वर्षीय राम कुमार बल आफ्नो घरदेखि २ किलोमिटर पूर्व तर्फ रहेको घट्टेखोलाको बगरमा मृत फेला परेका छन् । घटनाको आवश्यक अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #बागमती प्रदेश अन्तर्गतको ३ जिल्लाको विभिन्न स्थानमा ३ शव फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्