ली चान्शु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
काठमाडौं । तीन दिने नेपाल भम्रणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी स्थायी समितिका अध्यक्ष ली चान्शु र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार भेटवार्ता भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।
प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाको निमत्रन्णामा ली झान्शु सोमबार नेपाल आएका थिए । झान्शुले आजमात्रै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
उनले आजै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले मंगलबार दिउँसो ३ बजे सभामुख लीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्नेछन् । प्रधानमन्त्रीसँगको भेट अपरान्ह ४ बजे हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ली झान्शु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्