जनतासँग सुझाव माग्दै अध्यक्ष ओली, यस्तो छ भिडियो सन्देश
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतासँग सुझाव माग्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्नुभएको छ । प्रविधिमैत्री एमाले अध्यक्ष ओली अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा आउने सबैखाले विषयवस्तुहरूप्रति अपडेट रहँदै आउनुभएको छ ।
उहाँले आगामि मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको विषयमा केन्द्रित भएर जनतासँग सुझाव माग्दै आफूले भिडियो पोष्ट गर्नुभएको छ ।
उहाँले एउटा भिडियो सन्देश जारी गर्दै आफूलाई विविध विषयमा सल्लाह सुझावहरू दिनका लागि आमजनतालाई अपिल गर्नुभएको हो ।
ओलीले कृषि क्षेत्रमा अघि सार्नुपर्ने नीति तथा योजनाहरूका सम्बन्धमा सुझाव माग्नुभएको थियो । जसअनुसार आफूलाई धेरै सुझावहरू प्राप्त भएकोमा उहाँले धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
अबका दिनमा अरु क्षेत्रमा पनि आफूले सुझाव माग्ने उहाँको भनाइ छ । फेसबुकमा कमेन्टहरू नियालिरहेको भिडिओ पोष्ट गर्दै ओलीले भन्नुभयो,‘मलाई आफ्ना महत्वपूर्ण विचार र दृष्टिकोणहरु दिएर सहयोग पुर्याउनु हुनेछ भन्ने विश्वास लिएको छु । हामी सम्पर्क र संवादमा रहिरहनेछौं ।’
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्