ली चान्शु र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष लि चान्सुले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा मङ्गलवार उहाँहरुबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा अध्यक्ष लीले नेपाल र चीन बीच रहेको सुमधुर सम्बन्धको चर्चा गर्नुहुँदै नेपाल चीनको एक असल छिमेकी रहेको बताउनु भयो । भेटवार्तामा एमाले अध्यक्ष ओलीले लीको नेपाल भ्रमण सफल र फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष लिले यस अघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटगर्नुभएको थियो ।
सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहनुभएका लीले आज दिनभर उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम छ ।
अध्यक्ष लीले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगसमेत भेटवार्ता गर्नुहुने छ भने भोली बुधबार अपराह्न साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुहुनेछ ।
अध्यक्ष ली चान्सु र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच हिजो (मंगलबार) संसद् भवनमा भेटवार्ता भएको थियो ।
प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ताका क्रममा नेपाल र चीनबीच संसदीय गतिविधि र उच्चस्तरीय भ्रमण बढाउने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
समझदारीपत्रमा आपसी विश्वास सदृढ र विकासका लागि एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्त्वपूर्ण सरोकारमा साथ दिन सहमत भएको उल्लेख छ ।
अध्यक्ष लीको सम्मानमा हिजै होटल सोल्टीमा रात्रि भोजको आयोजना गरिएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र अध्यक्ष ली सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउनुभएको हो । चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #लि चान्सु, #ली चान्शु र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्