Techie IT
बुधबार, कात्तिक २६,२०८३

पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध


पाँचथर । पहिरो खसेपछि मेची राजमार्ग अन्तर्गतको पाँचथरको काबेली फिदिम सडक खण्ड अवरुद्ध भएको छ ।

गए राती हिलिहाङ गाउँपालिका – २ मा अन्दाजी ३० मिटर माथि बाट ढुङ्गे पहिरो खस्दा उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सडक सुचारु गर्न नेपाल प्रहरी र  स्थानीय वासी लागी परेका छन् । सडक पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने पाँचथर प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध


तपाईको कमेन्ट लेख्नुहोस्