गोरखा क्षेत्र नं १ संघीय सांसदमा कसले मार्ला बाजी ?
गोरखा । यही मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा भएसँगै गोरखामा कॉंग्रेस बाट क-कसले टिकट पाउलान भन्ने चर्चा शुरु हुन थालेको छ ।
अघिल्लो चुनाव मा दुबै संघिय क्षेत्र गुमाएको कॉंग्रेस ले यस पटक पनि गठबन्धनको कारण कुन क्षेत्र पाउने हो या दुबै क्षेत्र छोडनु पर्ने हो अन्योल कायमै छ ।
गोरखा क्षेत्र नं १ मा माओवादी कांग्रेस पराजित भएको थियो भने क्षेत्र नं २ मा कांग्रेस ले बाबुराम भट्टराई लाई सहयोग गरेको थियो । बाबुरामले क्षेत्र नं २ मा पुन लड़ने भए भने क्षेत्र न १ मा पनि कांग्रेस ले टिकट गुमाउने पक्का जसो छ । तर नरायण काजी ले चुनाव लढने भए भने बाबुराम ले छोडनु पर्ने हुन्छ र क्षेत्र नं १ कॉंग्रेस को भागमा पर्ने देखिन्छ । १ भन्दा बढी प्रभाव माओवादी को २ मा रहेको कारण पनि कॉंग्रेस ले १ पाउने सम्भाबना बढि छ ।
कॉंग्रेस बाट क्षेत्र नं १ मा आबेदन दिनेहरु ८ जना छन् ।
त्यस मध्य, कॉंग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ र कॉंग्रेस युवा नेता महासमिति सदस्य राजेन्द्र बजगाई को चर्चा बढि छ ।
- चिनकाजी श्रेष्ठ
चिनकाजी श्रेष्ठ पूर्व अर्थ राज्य मन्त्री हुदैं नेपाली कॉंग्रेस मुख्य सचिव, देखि पाटी सचेतक सम्म भएका उनी , २०४८ को २०५१ साल को सांसद निर्वाचित भएका थिए तर २०६४ साल मा माओवादी संग पराजित भएका र २०७० मा समानुपातिक सांसद समेत भएका थिए ।
२०७४ साल मा नेकपा गठबंधन बाट पराजित भएका उनी लामो समय देखी पाटीमा आबद्ध निष्ठावान नेता , बर्तमान नेपाली कॉंग्रेस केन्द्रीय सदस्य रहेका उनी देउबा निकट छन् । पटक पटक अबसर पाउदा पनि आफ्नो निर्वाचन क्षेत्रमा उल्लेखनीय काम गर्न नसकेको उनी माथी आरोप छ ।
- राजेन्द्र बजगाई
अर्का नेता हुन, राजेन्द्र बजगाई । उनी नेपाली कॉंग्रेस गोरखा महासमिति सदस्य हुन । २०७४ सालको निर्वाचन मा गोरखा प्रदेश १ “ख” बाट एमाले माओवादी गठबंधन संग पराजित भएका थिए ।
पर्यटन क्षेत्र मा उनको लगानी रहेको छ सफल पर्यटन ब्यवसायी रहेका बजगाई समाज सेवामा निकै अगाडी छन् । आटिला स्वभाबका बजगाई युवा हरु माझ निकै लोक प्रिय छन् ,शेखर कोईरालाका बिश्वास पात्र समेत हुन् ।
गत महादिबेशनमा शेखर समुहबाट कॉंग्रेस केन्द्रीय सदस्य मा चुनाव लडेका थिए , तर निर्वाचित हुन भने सकेनन् ।
कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ देउवा खेमाका हुन भने बजगाई शेखर खेमाका हुन , यदि गठबन्धन गर्दा कॉंग्रेस को भाग मा क्षेत्र नं १ पर्यो भने बजगाई या श्रेष्ठ मध्य १ ले टिकट पाउने सम्भाबना बढि देखिन्छ ।
क्षेत्र १ मा कांग्रेसबाट आबेदन दिने हरुमा प्रत्यक्षतर्फ महासमिति सदस्य राजेन्द्र बजगाई, तुलराम दाहाल, गण्डकी प्रदेश समितिका महामन्त्री किरणबाबु श्रेष्ठ, महाधिवेशन प्रतिनिधि देवेन्द्र वाग्ले, रामकृष्ण लामिछाने, केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, महासमिति सदस्य राजनराज पन्त, महाधिवेशन प्रतिनिधि जानुका अधिकारीले पनि आवेदन पेश गरेका छन् ।
सामाजिक संजाल मार्फत उनका समर्थकहरुले टिकटका लागि दवाव दिन थालेका छन । आबेदन पेश गर्ने नेता समर्थित कार्यकर्ता तथा नेताहरुले आ आफु पक्षधर नेताहरुकै बारेमा वकालत गर्दै टिकटको लागि सम्बन्धित पक्ष समक्ष दवाव सिर्जना गरिरहेको बताइएको छ ।
उनीहरुले कांग्रेसको शीर्षस्त तहमा टिकटका लागि लबिङ समेत गरिरहेको स्रोतहरुले बताएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #चिनकाजी श्रेष्ठ, #प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान, #राजेन्द्र बजगाईँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्