Techie IT
मंगलबार, मंसीर २,२०८३

सिरहा र सर्लाहीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु


काठमाडौं । सिरहा र सर्लाहीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृतु भएको छ ।
सिरहा नगरपालिका–२० सिकाज्योति भजनाहास्थित सडकमा बीआर ३२ एडी ६७५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका–१४ बस्ने ३२ वर्षीय राजकुमार यादवको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै सर्लाही, हरिवन नगरपालिका–१० नयाँरोड चोकमा ना.८ ख ८२६७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझीकोे घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना हुँदा दुई जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्