समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची तालीका सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
जस अनुसार असेज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुर्नेछ । उक्त बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्नेछ र कानुन अनुसार नभएमा सच्याउन दहरुलाई सूचित गर्नेछ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संवत् २०७९ साल मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।
राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्दा पूरा गर्नुपर्ने विधिहरु र कागजातहरूको जनकारीका बारेमा आयोगको आफ्नो वेबसाइटमा राखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ऐन, नियमावली तथा निर्देशिकामा उल्लेख भए बमोजिमको विधि, प्रकृया पूरा नभएको वा संलग्न गर्नु पर्ने कागजात संलग्न नभएको अवस्थामा त्यस्तो बन्दसूची दर्ता नहुने भएकाले सो विषयतर्फ सजग भई उम्मेदवार र राजनीतिक दलहरूले विशेष ध्यानदिन आयोगले अनुरोध समेत गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग, #समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची तालीका सार्वजनिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्