डा. गोविन्द केसी अनसन बस्न धनगढी पुगे
काठमाडौं । चिकित्सा शिक्षा सुधारको लागि सक्रिय डा. गोविन्द केसी अनसन बस्न धनगढी पुगेका छन् । यसअघि केसीले ७ बुँदे माग अघि सारेका थिए । सरकारले आफूले दिएको समयमा पनि मागबारे कुनै सुनुवाई नगरेकोले उनी अनसन बस्न आज (सोमबार) धनगढीतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
केसीका सहयोगी प्रितम सुवेदीले लेखेका छन्–‘सरकारले दुई साता समय मागेर पनि मागहरु पूरा नगरेकाले ७ बुँदे मागसहित आज साँझ ५ बजेदेखि सत्याग्रह शुरु गर्न डा केसी धनगढी जाँदै हुनुहुन्छ ।’ यसअघि डा. केसीले भदौ १२ गते पत्रकार सम्मेलन गर्दै ७ बुँदे मागसहित अनसनको घोषणा गरेका थिए ।
उनले अघि सारेका मागमा तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्नेलगायत छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #डा. गोविन्द केसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्