संखुवासभा अलैंची जोन सञ्चालक समितीको संयोजकमा शेर्पा
संखुवासभा – २७ भदौ – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई संखुवासभा अलैंची जोन सञ्चालक समितीको संयोजकमा पासाङ शेर्पा सर्वसम्मत चयन भएका छन् । आइतबार बसको जोन समन्वय समितीको बैठकले ९ सदस्यीय समिती गठन गरेको छ ।

शेर्पाको संयोजकत्वमा ९ सदस्यीय अलैंची जोन सञ्चालक समिती गठन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई संखुवासभाका प्रमुख लक्ष्य चौधरीले जानकारी दिए । विधान र निर्देशिका अनुसारनै जोन सञ्चालक समिती गठन गरिएको प्रमुख चौधरीले बताए । अलैंची जोन सञ्चालक समितीको कार्यकाल २ बर्ष रहने प्रवधान छ । अलैंची जोन कार्यक्रम संखुवासभा र भोजपुर जिल्लाको २२ सय ७६ हेक्टरमा सञ्चालनमा छ । जोन सञ्चालक समिती गठन जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यको उपस्थितीमा भएको थियो ।
बैठकमा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य भने जोनलाई सुपर जोन बनाउन लागि पर्नु पर्ने बताए । राजनैनिक पस्थितीका अलैंचीाई सुपर जोन बनाउन ढिलाइ भएको प्रमुख शाकयले बताए । मंसिर पछिको नयाँ नेतृत्व आएपछि सुपर जोन बनाउन सबै क्षेत्रले पहल गर्नु आवश्यक भएको प्रमुख शाक्यले बताए ।
संखुवासभाका १० स्थानीय तहका ३२ वडा र भोजपुरका छ स्थानीय तहका ३० वडाहरुमा अलैंची जोन कार्यक्रम सञ्चालनमा छ । खेती बिस्तार गर्दै कृषकले उत्पादन गरेको अलैंचीको बजार व्यवस्थापन र भण्डारण गर्ने लक्ष्यले अलैंची जोन कार्यक्रम ल्याइएको प्रमुख चौधरीले बताए । अलैंचीका लागि धर्मदेवी, मादी, चैनपुर, पाँचखपन, खाँदबारी नगरपालिका र सभापोखरी, चिचिला, सिलिचोङ, मकालु, भोटखोला गाउँपालिकालाई पकेट क्षेत्र मानिएको छ । अलैंचीको भाउमा आएको भारी गिरावट र अलैंचीमा लाग्ने रोग गर्दा किसान झन् मारमा पर्ने गरेका छन् ।
क्याटेगोरी : वातावरण-कृषि, समाचार
ट्याग : #कृषि, #संखुवासभा अलैंची जोन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्