माओवादीका लोकप्रिय युवा नेता कोइरालाले प्रदेशमा पुनःदोहोर्याउने
नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य एवं पोखरा महानगरका इन्चार्ज दीपक कोइरालाले प्रदेश सांसदमा पुनःदोहोर्याउने भएका छन् ।
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति समेत रहेका सांसद कोइरालाले प्रदेश बलियो नभए सम्म संघियता बलियो नहुने भन्दै संघमा उम्मेदावारी नदिएर प्रदेशमा दोहो¥याउन लागेको बताएका छन् । कोइरालाले संघियता बलियो भए मात्र जनताको अवस्था बदल्न सकिने विश्वासका साथ पुनं प्रदेशमा उम्मेदवारी दिन लागेको जनाए ।
२०७४को निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं.१(१)बाट लोकप्रिय मतसहित निर्वाचित भएका युवा नेता कोइराला पुनं सोही क्षेत्रबाट प्रदेश सांसदमा उम्मेदवारी दिने भएका हुन् । माओवादी भित्र मात्रै नभएर अन्य पार्टी र जनता संगपनि आफ्नो सम्बन्ध राख्न सक्ने विकासमा राजनीति आखाँले नहेर्ने नेताको रुपमा परिचत युवा नेता कोइरला अन्य पार्टीको नजरमा पनि लोकप्रिय हुदै आइरहेका छन्।
कोइराला आफु निर्वाचत भएपछि त्यस क्षेत्रको जनताको सुख दुखमा सधै तल्लीन रहेको र आफ्नो पहलमा समस्या समाधान गर्ने गरेको स्थानीयहरुले बताएका छन्। चर्चा भन्दा बढि काममा विश्वास राख्ने कोइराला निर्वाचित भएपछि उनको क्षेत्रमा देखिने गरि धेरै कामहरु भएका छन् । कोइरालाले पाँच बर्षमा जनताले भनेजति काम गर्न नसकिए पनि प्रदेश सकेजति काम गरेको दावी छ ।
सिमित स्रोतसाधनका बाबजुत पनि आफ्नो निर्वाचन क्षेत्रमा जनताको आवश्यकताको आधारमा प्रदेशदेखि संघ सरकारसंग पहल गरेर पनि केही काम गर्न सफल भएको उनको दावी छ । कोइरालाले जनता माझ आफुले बाचा गरेका केही अधुरा योजना पुरा गर्न पनि आफु पुनं जनता माझ आउन लागेको बताए । गठबन्धनदलहरु बीच पनि कास्की १(१) माओबादी केन्द्रलाई दिने लगभग निश्चित जस्तै रहेको र माओबादीका अन्य नेताहरुले पनि इच्छा देखाएको भएपनि यस पटक कोइरालालाई नै पार्टीले टिकट दिने स्रोतले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #दीपक कोइराला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्