जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
जबर्जस्ती करणी मुद्दाका फरार एक प्रतिवादी लाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
सम्मानित चितवन जिल्ला अदालतको २०७६ माघ ९ गते र उच्च अदालत पाटन हेटौँडाको २०७७ चैत १२ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा ९ वर्ष कैद र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको सजाय भुक्तान गर्न बाँकी रहेका राप्ती नगरपालिका वडा नंम्बर ७ का ७४ वर्षीय चेतनाथ डल्लाकोटीलाई इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट खटिएको प्रहरीको टोलीले आज (आइतबार) पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फरार प्रतिवादी खोजीकार्यलाई तीव्रता दिएसंगै प्रहरीले जबर्जस्ती करणीको मुद्दामा दुई बर्षदेखी फरार रहदै आएका डल्लाकोटीलाई राप्ती नगरपालिका ७ बाट पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका डल्लाकोटीलाई कैद तथा क्षतिपूर्ति भुक्तानको लागि आजै सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराइएको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्