Techie IT
मंगलबार, मंसीर २,२०८३

एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ (ख) मा सिफारीस भएका नेता कृष्ण प्रसाद अधिकारी को हुन ?


काठमाडौं । काठमाडौंको बामपन्थी आन्दोलनमा कृष्ण प्रसाद अधिकारी स्थापित नेता हुन । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका अधिकारी बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छन ।

विसं २०५४ जेठ ४ गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा झोर गाँउ बिकास समितिमा उहाँ नेकपा एमालेको तर्फबाट गा.बि.स अध्यक्षमा निर्वाचित भएका थिए । तत्कालिन समयमा बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई झोर गा.बि.समा बिकाश निमार्णका काम गरेकै कारण उनी २२ बर्षको उमेरमा लोकप्रिय मत सहित गा.बि.स अध्यक्षमा निर्वाचित भएका हुन ।

तत्तपश्चात उहाँ नेकपा एमालेको बिभिन्न मोर्चामा रही उतरी काठमाडौंको आर्थिक सामाजिक विकास र रुपान्तरणका लागी राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको हुन ।

पटकपटक जेल र दर्जनौ पटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गर्नुभएका अधिकारी समग्र उतरी काठमाडौंको आर्थिक विकासको खाका कोर्न सक्ने सिमित नेताहरु मध्ये एक भएकै कारण उहाँ २ पटक काठमाडौं क्षेत्र नं ६ को क्षेत्रिय सचिवका रुपमा कार्यरत छन ।

भूगोलको राजनितिमा मात्र सिमित नभई उहाँ अखिल नेपाल किसान महासंघ उपत्यका प्रदेश कमिटिका संयोजक छन भने नेकपा एमाले कृषि तथा पशुपंछी बिकाश बिभागको सदस्यका रुपमा जिम्मेवार छन ।

राजनिति अवसर र प्राप्तीका लागी नभई त्याग पनि भएको बताउने युवा नेता अधिकारी टोखा नगरपालिकामा २ पटक मेयरका आकांक्षी थिए तर सर्वसम्मती र पार्टीलाई एक ढिक्का बनाउन उनी पछि हटे भने हाल काठमाडौं क्षेत्र नं ६ प्रदेश ख मा उनी पहिलो नम्बरमा सीफारीसमा परेका छन ।

प्रदेश निर्वाचन क्षेत्र ६ ख बाट दश जनाकोको नाम सिफारिस गरिएको छ । सिफारिसमा परेका मध्य एमालेका पुराना नेता कृष्ण प्रसाद अधिकारीको एमाले बृतमा मात्र नभई स्थानिय स्तरमा पनि चर्चा शुरु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कृष्ण प्रसाद अधिकारी को हुन


तपाईको कमेन्ट लेख्नुहोस्