भण्डाराका प्रहरी निरीक्षक गुरुङको एक्सन : चोरी भएको मोटरसाइकल सहित एक जना पक्राउ
चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका ३ झुरझुरेबाट चोरी भएको मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको चेकजाँच टोलीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा भारत बेतिहारी घर भई कास्की जिल्ला पोखरा महानगरपालिकाको लेखथान ४ बस्ने २० बर्षीया अबरार अन्सारीलाई हिजो (शुक्रबार) पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक कुमार गुरुङका अनुसार अन्सारीले
लेखनाथ १७ बाट ग २२ प ६६०४ नम्बरको मोटरसाइकल चोरी गरेका थिए । उनलाई चोरी भएको मोटरसाइकल भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गर्न सफल भएको बताइएको छ ।
प्रहरीको चेकजाँच टोलीलाई छल्ने क्रममा आफैं अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना हुँदा उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बरामद गरिएको मोटरसाइकल आज (शनिबार) जिल्ला प्रहरी कार्यालय कास्कीबाट आएको प्रहरीको टोलीलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्