Techie IT
मंगलबार, मंसीर २,२०८३

सवारी दुर्घटना परी एक जनाको मृत्यु


काठमाडौं । सवारी दुर्घटना परी एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–२१ बसन्तपुर दलाछी बस्ने ३१ वर्षीय सुनोजमान डंगोल रहेका छन् । सोहि महानगरपालीका–१४ कलंकीस्थित सडकमा प्रदेश नम्बर ३–०२–००३ प
८८८८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको छेउमा रोकी राखेकोबा.प्र.०३–००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएर गएराति दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमालिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सवारी दुर्घटना परी एक जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्