एसपी ज्ञवालीको एक्सन : ठूलो मात्रामा लागूऔषधसहित मालढुंगाबाट दुई जना पक्राउ
बागलुङ । बागलुङ प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
बागलुङ नगरपालिका १ स्थित मालढुङ्गा प्रहरी चेकप्वाईन्टमा खटिएको प्रहरीको विशेष टोलीले प्रतिबन्धित लागूऔषध र गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
काठमाण्डौंबाट बागलुङतर्फ आउँदै गरेको बा ३ ख ९११२ नंम्बरको माईक्रोबसलाई रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा सोही बसका सहचालक गोरखा पालुङटार नगरपालिका ६ बस्ने १८ बर्षीया कृष्ण नेपाली र बागलुङ ९ तित्याङ बस्ने १९ बर्षीया अमृत परियारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका नेपालीको साथबाट कालो रङ्गको झोलाभित्र रातो सपिङ्ग ब्यागमा लुकाईछिपाई ल्याइएको अवस्थामा लागूऔषध ट्रामाडोल लेखिएको ५८ पत्ताको ५७८ क्यापसुल, नाइट्रेजापाम लेखिएको एक पत्ताको ९ क्यापसुल, गाँजाको धुलो २५ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।

प्रहरी उपरीक्षक ज्ञवालीका अनुसार पक्राउ परेका बसका सहचालक नेपालीलाई नियन्त्रणमा लिइ अनुसन्धान गर्ने क्रममा प्रहरीले बरामद गरिएको लागूऔषध लिन आएका परियारलाई समेत पक्राउ गर्न भएको बताए । परियारलाइ प्रहरीले बागलुङ २ समिट चोकबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका उनीहरुउपर प्रहरीले लागूऔषध कसुरमा सम्मानित बागलुङ जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए ।
यसअघि बागलुङ प्रहरीले गएको असार २० गते मात्रै बुटवलबाट बागलुङतर्फ आउँदै गरेको लु २ ख ५३१६ नंम्बरको बसबाट २७४६ एम्पुल लागूऔषधसहित चार जनालाई समेत पक्राउ गर्न सफल भएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्