महाकुलुङ गाउँपालिका १ मा भीरबाट लडेर एक महिलाको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ मा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
घाँस काट्ने क्रममा भीरबाट लडेर स्थानीय ४३ बर्षिया शान्ति कुलुङ कुलुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो ।
जङ्गलमा घाँस काट्न भनेर हिँडेकी राई अबेरसम्म पनि घर नफर्किएपछि आफन्तहरूले खोज्ने क्रममा महाकुलुङ १ कै वालिखा जङ्गलको भीरबाट लडेर मृत्यु भएको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ ।
शव भीरबाट करिब १५० मिटर तल खोँचमा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #भीरबाट लडेर एक महिलाको मृत्यु, #महाकुलुङ गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्