इन्द्रजात्राको पूजामा प्रमुख बालेन र उपप्रमुख सुनिता सहभागी
काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको येँया भनिने इन्द्रजात्राको आज मुख्य दिन । ईन्द्र जात्रा सुरु गर्नुभन्दा पहिलो क्षमा पुजा गरिन्छ ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता सुनिता डंगोलले पूजामा सहभागी जनाएका छन् । उनीहरुले शुक्रबार बसन्तपुरमा ईन्द्र जात्रा सुरु गर्नुभन्दा पहिलो दिन पूजामा सहभागी भएका हुन् । उनीहरुले पुजारीको हातबाट टिका र प्रसाद पनि ग्रहण गरेसंगै कुमारी घरमा पुगेर दर्शन पनि गरेका छन् ।
८ दिनको जात्रामा विशेष कुमारी, गणेश, भैरव लगायत श्री लाखे आजू, श्री आकाश भैरव, श्री पुल्किसी आजू, श्री इन्द्रचोक आकाश भैरव, स्वेत भैरव लगायत विभिन्न देविदउताहरुको प्रदर्शन गर्ने र नाचहरु हुने र मूल जात्रा कुमारीको, गणेश र भैरवको रथ यात्रा हुनेछ ।
आज दिउँसो कुमारीको रथलाई काठमाण्डौको तल्लो क्षेत्र लगन, मरु, लगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइनेछ । कुमारीको रथसँगै लाखे, पुलुकिसी, लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिनेछ ।
हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा ठड्याएपछि सुरु भएको जात्राभरि सवःभक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इन्द्रजात्राको पूजामा प्रमुख बालेन र उपप्रमुख सुनिता सहभागी, #बालेन शाह, #वसन्तपुर दरबार क्षेत्र, #सुनिता डंगोल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्