Techie IT
मंगलबार, मंसीर २,२०८३

नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्नेमा देवेन्द्र प्रधानको जोड


काठमाडौं । राप्रपाका केन्द्रीय सदस्य एवम युवा नेता देवेन्द्र प्रधानले नेपाल हिन्दू राष्ट्र बनाउनु पर्नेमा जोड दिएका छन्।

राप्रपा क्षेत्र नं ९ काठमाडौले आयोजना गरेको  आमसभा  तथा पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गदै प्रधानलेले नेपाल हिन्दू राष्ट्र बनाउनु पर्नेमा जोड दिएका छन् ।

प्रधानले सनातन धर्महरु खतरामा रहेकोले धर्मनिरपेक्षता खारेजी गरी हिन्दू राष्ट्र घोषणा गर्न मंसिर ४ मा हुन गइरहेको  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्न समेत अग्रह गरेका छन ।

साथै उनले संसारभर हिन्दू राष्ट्रको रुपमा चिनिँदै आएको नेपालमा हिन्दू राष्ट्र पुनःस्थापना हुनुपर्ने यसले मात्र नेपालको पहिचान स्थापित हुन सक्नेमा समेत जोड दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #देवेन्द्र प्रधान, #नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्नेमा देवेन्द्र प्रधानको जोड


तपाईको कमेन्ट लेख्नुहोस्