एयरपोर्टमा काठमाडौं ७ का उम्मेदवार किरण केसीको भव्य स्वागत
मङ्सिरमा हुन लागेको संसदीय चुनावमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका किरण केसी नेपाल आएका छन । उनि बिगत ४ वर्ष देखि अस्ट्रेलिया बस्दै आएका थिए । उनले उतै बाट उम्मेद्वारी घोषणा गरेका थिए ।
ठुलो समर्थकका बिच उनले एयरपोर्टमा सानो वक्तब्य दिएका थिए । केहि मतदाता , शुभचिन्तक र बालाजुबासी हरुले उनलाइ फुलमाला पहिराएर , नेपालको झण्डा ओढाएर स्वागत गरेका थिए । उनलाई समर्थकहरुले माछापोखरी चोक बाट उनको घर सम्म नारा लगाउदै पुराएका थिए । माछापोखरी चोकको धुवाँ धुलो देखाउदै उनले ‘ अस्ट्रेलियामा आरामको जिन्दगि बाचिरहेकै थिए तर यहाँ म आइपुग्ने बित्तिकै धुलो खानु पर्यो ।
तर म अब काठमांडू ७ लाइ धुलो मुक्त सहर बनाउछु , धुलोयुक्त हावामा सास फेर्नु एउटा अपराध हो तर हामीलाई धुलो खाँदा खाँदा धुलो खानु केहि होइन भन्ने परिसक्यो , यो राज्यले गरेको अपराध हो ’ । इन्जिनियर किरण केसी अस्ट्रेलियामा व्यवसाय गर्दा गर्दै नेपालको राजनीतिमा हाम फालेका छन ।
समग्र राजनीतिको शुद्धिकरण र काठमांडू ७ को सुन्दरता फर्काउने उनको मुख्य लक्ष्य रहेको बताए । बालाजु बसन्तनगर हिले टोलका स्थानीयवासीले किरण केसीलाइ उत्साहका साथ स्वागत गरेका थिए । उम्मेदवार किरण केसी २८ वर्षका हुन ।
क्याटेगोरी : समाचार
ट्याग : #एयरपोर्टमा काठमाडौं ७ का उम्मेदवार किरण केसीको भव्य स्वागत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्