प्रधानमन्त्री पद मेरो प्राथमिकतामा छैन : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको स्पष्टिकरण दिएका छन् । पोखरा पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरागर्दै गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को भन्ने विषयमा कुनै चर्चा पनि नभएको र आफ्नो कुनै दाबी नरहेको बताए
“अहिले हामीले प्रधानमन्त्रीको कुनै चर्चा गरेका पनि छैनौँ र अहिले अगाडी नै प्रधानमन्त्री फलानो भनेर लैजाने मुडमा गठबन्धन छैन, म पनि छैन ।”
गठबन्धनमा सिट बाँडफाँटमा ठूलो असहमति नरहेको उल्लेख गर्दै आज भोलिनै शीर्ष नेताहरुको बैठकले सहमति जुटाउने दाबी गरे । उनले आफू चितवनबाटै निर्वाचन लड्ने कुरा आज पनि दोहोर्याएका छन् । चितवनका जनताको भरोसाका कारण त्यहीबाट निर्वाचन जित्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रचण्डको भनाई छ ।
प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणका बारेमा बोल्दै भने,दुबै सदनले पास गरेर दोस्रो पटक राष्ट्रिपतिकोमा पठाएको छ, ‘अब राष्ट्रपतिलाई यताउता गर्ने अधिकार संविधानले दिएको छैन ।’
“संविधानले राष्ट्रपतिलाई एकपटक यस्ता विधेयकहरुमा आफुलाई केही चित्त बुझेन भने फेरि एकचोटी हेर भनेर पठाउँने अधिकार दिएकै छ तर, दोस्रो पटक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पास गरेर पठाई सकेपछि अब यताउता गर्ने अधिकार संविधानले कसैलाई दिएको छैन, राष्ट्रपतिलाई पनि !”
प्रचण्डले नागरिकता बिहिन ७ लाख नेपाली नागरिकलाई वंशजका आधारमा नागरिकता दिनका लागि नागरिकता विधेयकमा हतार गरिएको बताउँदै बैबाहिक अंगिकृतको हकमा सात वर्षे प्रावधानमा आफ्नो पार्टीको अडान कायमै रहेको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्