भियतनामको बारमा आगलागी हुँदा ३२ जनाको मृत्यु
अन्तराष्ट्रिय । भियतनामको दक्षिण सहर थुआन एनमा रहेको केराओके बारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएको बताइएको छ ।
मंगलबार राती मट्टितेल कम्प्लेक्सको दोस्रो तल्लाबाट निस्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । रिपोर्टका अनुसार दोस्रो तलाबाट सुरु भएको आगो तेस्रो तल्लामा पुग्यो, जहाँ छिटो जल्ने सामान राखिएको थियो।
सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक मुखपत्र कोङ एन हान दानका अनुसार मृत्यु हुने ३२ जनामध्ये १७ जना पुरुष र १५ जना महिला रहेका छन् । त्यहाँको अर्को वेबसाइटले अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ आगलागी हुँदा बारमा करिब ६० जना मानिसहरु थिए।
आगलागीबाट बच्न धेरै मानिसहरु बालकुन्नीमा जम्मा भएका थिए तर काठको भित्री भागमा आगो फैलिएको कारण त्यहाँ पनि सुरक्षित बस्न नसकेको बताइएको छ ।
ज्यान बचाउनको लागि कैयौँले भवनको दोस्रो र तेस्रो तल्लाबाट हाम फालेका थिए । हो ची मिन्ह सहर नजिकै रहेको थुआन आनमा भएको आगलागी बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #भियतनामको बारमा आगलागी हुँदा ३२ जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्