विश्वविद्यालयमा तालाबन्दी गर्नु पाप : शिक्षामन्त्री
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी गर्ने काम ‘महापाप’ भएको बताएका छन् । विद्यालय पवित्रस्थल रहेको बताउँदै उनले यस्तो पवित्रस्थलमा तालाबन्दी, तोडफोड र पठनपाठनमा प्रभावित गर्नु अपराधा गरेको बताए ।
अन्तर्राष्ट्रिय सारक्षता दिवसको अवसरमा शिक्षा तथा मानव स्रोत विकासले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले विश्वविद्यालय सुधारको निम्ति उठेका विषयहरुलाई छलफलबाट टुंगाउन सकिने जिकिर गरे ।
पवित्र स्थलमा तालाबन्दी गर्ने, तोडफोड गर्ने, पठनपाठनमा डिस्टर्ब गर्ने कुरा गरियो भने पुरानो भाषामा भन्दा ‘पाप’ लाग्छ । आधुनिक भाषामा अपराध हुन्छ । विश्वविद्यालयमा तालाबन्दी गर्ने होइन् । विद्यार्थी संगठन, प्रद्यापक संगठनले विश्वविद्यालय सुधारको निम्ति कतिपय कुराहरु छन् भने ती कुराहरु टेबुलमा बसेर गर्न सकिन्छ । जे चिजलाई हाम्रो परम्परालाई, ऐतिहासिक प्रचलनलाई हामीले पवित्र स्थल भनेका छौं, पवित्र स्थलको गेटमा गएर ताला लगाइयो भने के हुन्छ । हामी शिक्षा प्रणालि सुधार्न सक्छौं ?
मन्त्री पौडेलले नेपालमा अध्ययन भएका विषयहरुलाई अझ बढी परिस्कृत गर्नुपर्नेमा जोड दिए । अत्यावश्यक भएका विषयहरुलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गरेर ल्याउन सके देशको शिक्षा प्रणालिलाई सुधार गर्न सकिने उनको भनाई छ ।
जुन विषयमा नेपालमा पढाई भएको छ । ती विषयहरुलाई राम्रोसँग पढाई गर्ने, जुन विषय अत्यावश्यक छ, आवश्यक भएका विषयहरुलाई हामीले अन्र्तर्राष्ट्रिय युनिर्भसिटीसँग पनि सम्बन्ध कायम गरेर ल्याइन सके हामिले हाम्रो देशको शिक्षा प्रणालिलाई सुधार गर्न सक्छौं।
उनले विद्यार्थीहरुलाई समक्ष बनाउन प्राध्यापक र शिक्षकको महत्वपूर्ण भूमीका रहने उल्लेख गर्दै शिक्षकलाई आलोचना गर्न बन्द गर्नुपर्ने धारणा राखे । शिक्षालाई रोजगारसँग जोडेर लैजाने कुरामा सरकार प्रतिबद्ध रहेको उनको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #देवेन्द्र पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्