मानव बेचबिखनबिरुद्ध राजनीतिक दलहरुको प्रतिबद्धता
काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मानव बेचबिखनबिरुद्धको ६ वटा एजेण्डाहरुलाई दलको घोषणापत्रमा समावेस गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘‘म र मेरो राजनीतिकदल मानव बेचबिखन जस्तो जघन्य अपराधको न्यूनिकरणको लागि प्रतिवद्धता अभिव्यक्त गर्दछौ’ भन्दै ९ राजनीतिक दलहरुले ६ वटा एजेण्डामा हस्ताक्षर गरेका छन् ।
आगामी निर्वाचनका लागि लेखिने पार्टीको घोषणापत्र ६ वटा एजेन्डालाई समाबेस गर्नेे प्रतिबद्धता जनाउदै हस्ताक्षेर गरेको कुरा माइती नेपालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालका ९ वटा राजनीतिक पार्टीहरुले मानव बेचबिखनबिरुद्धको न्यूनिकरणका लागि संयुक्त रुपमा प्रतिवद्धता जनाएका ६ वटा एजेन्डाहरु जस्ताको त्यस्तै :
१.आगामी प्रदेश र संघ स्तरको निर्वाचनमा मानव बेचबिखन बिरुद्धको एजेन्डाहरुलाई दलको घोषणापत्रमा समाबेस गरी ठोस योजनाहरु तर्जुमा गर्न ।
२.मानव बेचविखन बिरुद्ध संघ देखी प्रदेश हुँदै स्थानिय निकायसम्म आवश्यक नीति तथा मानव बेचबिखन बिरुद्ध कृयाशिल हुने संयन्त्रहरु निर्माण गर्न ।
३.वैदेशिक रोजगार र अन्तरमहादेशिय आप्रवासनको आवरणमा मौलाउँदै गरेको मानव बेचबिखनको वद्लिंदो स्वरुपको न्यूनिकरणको लागि सम्वन्धीत देशहरुसंग सरकारी तवरमा दुई पक्षिय वा बहुपक्षिय संम्भौताहरु गर्न ।
४.मानव बेचबिखनको मुख्य कारणहरुको विश्लेषण गरी निरोधात्मक देखी उद्धार, पुनःस्थापना, सामाजिक पुर्नमिलन सम्मलाई समेट्दै तीनै तहको सरकारी संयन्त्रमा प्रभावकारी रुपमा एकिकृत कार्ययोजनाहरु सहितको कार्यक्रमहरु संञ्चालन गर्न ।
५.मानव बेचबिवखन जस्तो जघन्य अपराधको प्रभावकारी संबोधन गर्न ,रोजगारमुलक कार्यहरु संञ्चालन गर्न, प्रभावितहरुलाई रोजगार र आय आर्जनको तालिम प्रदान गर्न र यस अपराध बिरुद्ध व्यापक जनचेतना, अभिबृद्धि गर्न, गैर सरकारी क्षेत्रसंग हातेमालो गर्दै पर्याप्त श्रोत र साधनको व्यवस्था गर्न ।
६.विभिन्न अन्तराष्ट्रिय महासन्धिमा हस्ताक्षर र अनुमोदन गरे पश्चात यथाशक्य छिटो सोहि अनुरुप स्वदेशी कानून तथा नीति नियमहरुको शंशोधन र निर्माण गर्न ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, #मानव बेचबिखनबिरुद्ध राजनीतिक दलहरुको प्रतिबद्धता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्