सत्तारुढ गठबन्धनमा हप्तौंदेखि भागबण्डाको लुँछाचुँडी
काठमाडौं । आसन्न चुनावपछि पनि सत्ताको बागडोर सम्हाल्ने सपना देखिरहेका सत्तारुढ गठबन्धनमा रहेका दलहरू भागबण्डाको लुँछाचुँडीमा रुमल्लिएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्नका लागि सिट बाँडफाँट गर्ने विषय यतिबेला टाउको दुखाइ बनेको छ । गठबन्धनभित्र रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले भागबण्डाको लुँछाचुँडी गरिरहेका छन् ।
भागबण्डा मिलाउन पाँचै दलका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको हप्तौं भइसक्यो । तर कार्यदलले परिणाम दिन सकेको छैन । सिट बाँडफाँटमा भागबण्डा नमिल्दा गठबन्धनमा भाँडभैलो मच्चिने देखिएको छ ।
गठबन्धनमा रहेका साना दलहरू माओवादी, एकीकृत समाजवादी र जसपालाई कांग्रेसले पेल्न खोजेपछि कार्यदलमा सहमति हुन नसकेको कार्यदलका एक सदस्यले जानकारी दिए । ‘स्थानीय चुनावको नतिजालाई देखाएर कांग्रेसले मेरो गोरुको बाह्रै टक्का गरिरहेको छ, हामीलाई सम्मानजनक स्थान दिने अवस्था देखिँदैन,’ ती नेताले भने ।
कार्यदलमा सहमति नभएपछि अब सिट बाँडफाँटको अन्तिम टुंगो शीर्ष नेताले लगाउने भएका छन् । कार्यदलले पूर्ण सहमति विनाको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । स्रोतका अनुसार कार्यदलले प्रतिनिधि सभाका १६५ मध्ये ८०–९० सिटमा मात्रै सहमति जुटाउन सकेको छ ।
गठबन्धनको शीर्ष नेतामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पर्छन् । कार्यदलले सहमति जुटाउन नसकेकाले अब सिट बाँडफाँटको विवाद शीर्ष तहमै पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सत्तारुढ गठबन्धन, #सत्तारुढ गठबन्धनमा हप्तौंदेखि भागबण्डाको लुँछाचुँडी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्