लुटपाटमा संलग्न अभियुक्त पक्राउ
जनकपुरधाम ।धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीबाट एक व्यक्तिको रकम लुटेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेका दुवै अभियुक्तलाई आज सार्वजनिक गरेको छ ।
सपहीस्थित मेगा बैङ्कबाट रकम झिकेर घरतर्फ जाँदै गरेका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ का राम दास बुधबार दिउँसो लुटिनुभएको थियो ।
बैङ्कबाट रकम झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएको समूहले रकम लुटेर भागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लुटिएको रकमसहित दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।
रकम लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले लक्ष्मीनियाँ गाउँपालिका–४ निवासी २३ वर्षीय सरोज दास र सोही गाउँपालिका–६ निवासी २० वर्षीय भरोसी भन्ने नरेश यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेका नरेशबाट घर अगाडि छाप्रो घरमा खाल्डो खनी गाडेको अवस्थामा रु एक लाख ७५ हजार र सरोजको साथबाट रु एक हजार पाँच सय नगद बरामद भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिनुभयो ।
लुटपाटमा प्रयोग गरेको ज१२प ८५९३ नंको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लुटपाटमा संलग्न अभियुक्त पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्