पोखराको महेन्द्रपुलका सटरहरूमा महानगरले चलायो डोजर
पोखरा।आफ्नै स्वामित्वको जमिनमा बनेका महेन्द्रपुलका सटर तथा घरमा पोखरा महानगरपालिकाले डोजर लगाएको छ ।
मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीसहितको टोली नगर प्रहरी लिएर बिहीबार महेन्द्रपुलका घर तथा सटर भत्काउन गएको थियो ।त्यहाँ बसेका पसलेहरूलाई हट्न यसअघि नै महानगरपालिकाले ३५ दिने सूचना दिएको थियो ।
त्यो म्याद २२ भदौमा सकिएको हो ।२०५६ सालमा स्थापना भएको पोखराको एक मात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । हालका मेयर धनराज आचार्यसहितको टोलीले आज बिहान त्यसलाई भत्काएको हो ।
ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको छ । तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौँ राजस्व उठाउन बाँकी रहेको मेयर आचार्यले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोखरा महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्