सन्दीपविरुद्ध महत्वपूर्ण प्रमाण फेला पारेको प्रहरीको दाबी
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपको पक्षमा प्रहरीले बलियो प्रमाण भेटाएको दाबी गरेको छ । उनीहरू बसेको होटलको सीसीटिभी फुटेज संकलन गर्ने क्रममा महत्त्वपूर्ण फुटेज भेटिएको प्रहरीले दाबी गरेको हो।
प्रहरीले संकलन गरेको सीसीटीभी फुटेज अनुसार लामिछाने किशोरीलाई लिएर भदौ ५ गते राति ११ बजेर ५५ मिनेटमा होटलभित्र प्रवेश गरेको देखिएको छ।
सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको प्रहरी स्रोतले जनाएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्।
त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते फर्किएको देखिएको छ। बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ। प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ ।
लामिछाने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसिया पुगेका छन् । त्यसअघि लामिछानेको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमणमा गएको थियो । सो घटना त्यसअघि भएको बुझिएको छ ।
भदौ ५ गते किशोरीलाई आफ्नो निजी कारमा लिएर नगरकोट पुगेको र नगरकोटमै बस्ने योजना भएपनि किशोरीले नमानेपछि पुनः फर्किएर काठमाडौं आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसपछि काठमाडौं आएर होटलको एउटा कोठा बुक गरेर उनीहरू सँगै बसेको पाइएको छ। जाहेरी आएसँगै प्रहरीले होटलमा गएर प्रमाण संकलन गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्