‘त्यो रात सन्दीपले पटक-पटक बलात्कार गरे’ पीडित किशोरी
काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहार आरोपमा प्रहरीमा उजुरी परेको छ ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा मंगलबार साँझ उजुरी परेको हो । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपसहित लामिछनेविरुद्द किटानी जाहेरी परेको हो ।
प्रहरीका अनुसार लामिछानेले ती किशोरीलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुमाउन लगेका थिए । किशोरीले दिएको जाहेरीमा उल्लेख भए अनुसार सोही राती आफूमाथि लामिछानेले पटकपटक बलात्कार गरेको आरोप छ ।
जाहेरी दर्तासँगै पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीको भनाइ छ। घटनाको प्रहरी वृत्त गौशाला र परिसरले संयुक्त रूपमा अनुसन्धान अघि बढाएको छ।
उनी अहिले क्रिकेट खेल्न विदेशमा छन् । नाबालिगको उजुरी परेको र यदि प्रमाणीत भए सन्दीप जेल जानुपर्ने हुनसक्छ ।
२५ वर्षीय सन्दीप नेपाली क्रिकेट जगतका अहिलेसम्मकै सर्वाधिक सफल क्रिकेटर मानिन्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #त्यो रात सन्दीपले पटक-पटक बलात्कार गरे, #सन्दीप लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्