आज निजामती सेवा दिवस
काठमाडौं । आज निजामती सेवा दिवस । नेपालमा हरेक वर्ष आज भाद्र २२ मा देशभर विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । राज्यको इच्छालाई साकार तुल्याउन र राज्यलाई नागरिकहरुको घरदैलोसम्म पु¥याउने पुल नै निजामती सेवा हो भन्ने परिभाषित गर्दै आइएको छ । हरेक वर्ष दिवस मनाउने गरिए पनि निजामती क्षेत्रका समस्या समाधान हुन सकेको छैन । नेपाल निजामति कर्मचारी अभियानको केन्द्रिय सचिव प्रकाश भट्टराईले विगत धेरै समयदेखि सरकारसँग निजामति कर्मचारीहरुको सेवा सुविधाको लागि लड्दै आएपनि संघिय निजामति ऐन नआउनु दुखद् भएको गुनासो गरे । बाईट
कर्मचारीलाई व्यवस्थापन गर्न र सबै प्रदेश स्थानिय सेवाको समेत मार्ग दर्शन गर्नको लागि संघिय निजामति ऐन आउनु पर्दथ्यो त्यो सैन अझ आउन सकेको छैन् । उक्त निजामति सेवा ऐन लागू हुनुपर्छ र त्यसको साथै कर्मचारिको सेवाको सुरक्षा र वृद्धि विकास लगायतका विषयहरुलाई समेत समावेश गरेर माग गरेका हौ तर अझ सम्म पनि आएको छैन् ।)
राज्यले कर्मचारीलाई जिवन चलाउन सक्ने वेतन प्रदान गर्ने हो भने भ्रष्टाचार न्युनिकरण हुने कर्मचारीहरु बताउँछन् । नियम कानुनको निर्माण, त्यस्को पालना अनि कानुन विपरित काम गर्नेहरुलाई दण्ड सजायको व्यवस्था पनि गर्नु आवश्यक रहेको भट्टराईको भनाई छ ।
(धेरै कमएचारीहरु इमान्दार छन्, नैतिकवान छन्, कर्तव्य निष्टा छन् । सबै क्षेत्रमा नकारात्मक कर्मचारीहरु पनि छन् । एक दुईजनाले गर्दा सबैजना त्यस्तै छन् भन्न सकिदैन् । नियम कानुनको निर्माण, त्यस्को पालना अनि कानुन विपरित काम गर्ने, नागरिकलाई दुःख दिनेहरुलाई दण्ड सजायको व्यवस्था गर्नु पर्दछ ।)
उनले राज्यले नेपालको निजामति सेवालाई व्यापक रुपमा सुधार गर्नु पर्ने भएको भन्दै कर्मचारीको कार्य व्यवस्थामा पनि ध्यान दिनुपर्ने बताए ।
निजामति कर्मचारिहले भोग्नु् परेको निजामतिको लागि बनाएको नियम अस्थिर छ, कर्मचारी नियुक्ति, बढुवा र सरुवा कति बेला हुन्छ भन्ने विषयमा कर्मचारीहरु जानकार छैनन् यसकारण अस्थिरता हुन्छ । यस्तै सार्क देशहरुको कुरामा सबैभन्दा कम सेवा सुविधा दिने देश हाम्रो छ तर कााम भने सबे देशभन्दा माथिको खोज्ने भएको हुनाले त्यसलाई व्यवस्थापन गरेर मनोबल उच्च गराउने काम गर्नुपर्छ ।)
नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो ।।
क्याटेगोरी : समाचार
ट्याग : #आज निजामती सेवा दिवस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्