साफ महिला च्याम्पियनसिपमा आज भारत पाकिस्तान भिड्दै
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज भारत पाकिस्तान एकआपसमा भिड्दैछन् । दशरथ रंगशालामा हिजोदेखि सुरु च्याम्पियनसिपमा आज चिरपरिचित प्रतिद्वन्द्वीहरु खेल्न लागेका हुन् ।
साफ च्याम्पियनसिपमा साविक विजेता भारत र पाकिस्तानको मात्र एकपटक भेट भएको छ । २०१० बंगलादेशमा पहिलो साफको सेमिफाइनलमा पाकिस्तानले भारतलाई ८–० को नतिजामा सुम्पिएको थियो ।
त्यसपछि लगातार तेस्रो साफसम्म सहभागिता जनाएको पाकिस्तानको भेट भारतसँग भएको छैन । चौथो साफबाट सहभागिता नजनाएको पाकिस्तान यो पटक भने बलियो मैदानमा उत्रिएको हो । पाकिस्तान आठ वर्षको लामो अन्तरालपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको हो ।
दशरथ रंगाशालामा हुनेखेल १ बजे सुरू हुनेछ । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा घरेलु टिमले भुटानलाई ४–० को नतिजामा हराएको थियो ।
आजै ५ ः ३० बजे हुने दोस्रो खेलमा बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #साफ महिला च्याम्पियनसिप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्