गोरखा १ बाट प्रत्यक्षमा राजेन्द्र बजगाईँ र समानुपातिकमा युवराज बस्ताकोटी सिफारीस
गोरखा । गोरखामा संघीय निर्बाचन २०७९ को निर्बाचनमा क्षेत्र नम्बर १ बाट प्रतक्ष्यमा पूर्ब मन्त्री देखि व्यवसायि सम्म सिफारिसमा परेका छन् । गोरखा क्षेत्र नम्बर १ को प्रत्यक्षमा पूर्ब मन्त्री चिनकाजी श्रेष्ठ तथा होटल व्यवसायि राजेन्द्र बजगाईँ सहित किरण बाबु श्रेष्ठ, देबेन्द्र वाग्ले, जनुका अधिकारी, रामकृष्ण लामिछाने, राजन राज पन्त रहेका छन् ।
त्यस्तै समानुपातिक तर्फ युवराज बस्ताकोटी, जीवनप्रेम श्रेष्ठ, रजनी मियाँ र जगत बराम रहका प्रबक्ता राजन श्रेष्ठले जानकारी दिए ।
पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि यस पटकको निर्वाचनमा गोरखा-१ बाट प्रतिनिधिसभाबाट निर्वाचन लड्ने तयारीमा रहेका उनि सिफारीसमा परेका हुन् । । २०७४ सालको निर्वाचनमा प्रदेशसभा निर्वाचनमा पराजित भएका बजगाईं यसपटक गोरखा-१ बाट सिफारिस भएका छन्। यसअघि गोरखा क्षेत्र नम्बर १ ख बाट उम्मेदवार बनेका बजगाईंले १३ हजार १ मत प्राप्त गरेका थिए। उनलाई नेकपा एमालेका रामशरण बस्नेतले ३ हजार ६५५ मतान्तरले पराजित गरेका थिए।
पर्यटन व्यवसाय गरिरहेका बजगाईंले होटल व्यवसायमा समेत लगानी गरेका छन्। व्यवसायी बजगाईं गोरखाको सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन्।
त्यस्तै क्षेत्र नम्बर १ बाट समानुपातिकमा खस आर्यमा एकल सिफारिसमा परेका छन् युवराज बस्ताकोटी ।
स्वतन्त्रको दवाव परिरहेको बेला शिक्षित, संघर्ष गरेका , इमानदार बौद्धिक युवालाई अगाडि बढाउँदा कांग्रेस जस्तो पार्टीले आफ्नो साख जोगाउन सक्छ भन्ने धारणा बोकेका बस्ताकोटी समानुपातिकमा सिफारीसमा परेका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा गोरखा९१ बाट नेपाली कांग्रेसले सबैभन्दा बढी २७ हजार ८४ मत प्राप्त गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #युवराज बस्ताकोटी, #राजेन्द्र बजगाईँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्