युवालाई पालो दिने भन्दै डोरमणि पौडेलले चुनावगरे नलड्ने स्व–घोषणा
काठमाडौं । नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले अबका कुनै पनि चुनाव नलड्ने र युवा पुस्तालाई ठाउँ छाड्ने घोषणा गर्नुभएको छ । त्यस्तै तनहुँ जिल्ला इन्चार्ज टुकराज सिग्देलले पनि चुनाव नलड्ने घोषणा गर्नुभयो ।
एमाले केन्द्रीय सदस्य तथा आफ्नो नाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भए पनि चुनाव नलड्ने घोषणा गर्नुभएको हो । सिग्देल २०५६ र २०७० मा दुईपटक निर्वाचित हुनुभएको थियो भने २०५१ मा पराजित हुनुभएको थियो ।
सिग्देलले यसपटक आफू कुनै पनि तहको उम्मेदवार नबन्ने घोषणा गर्दै आफू ६५ वर्ष पुगिसकेको र राजनीतिमा नाति पुस्ताको प्रवेश भइसकेको भन्दै उम्मेदवार नबन्ने बताउनुभयो । उहाँले आफू चुनावी कमाण्डर बनेर एमालेलाई जिताउन लाग्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #डोरमणि पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्