नमुना मतपत्र छाप्न सुरु, आठ करोड मतपत्र छापिने
काठमाडौँ। निर्वाचन आयोगले मङ्गलबारबाट मतपत्र छाप्न सुरु गरेको छ। आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो। आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ २० गतेदेखि नै मतपत्र छाप्न सुरु हुनुपर्नेमा तयारी नपुग्दा एक दिनपछि मतपत्र छाप्न सुरु भएको हो।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर समानुपातिकको मतपत्र छाप्न सुरु हुने जानकारी दिनुभयो। पहिलो चरणमा आयोगले निर्वाचन शिक्षा कार्यक्रमका लागि छ लाख मतपत्र छाप्ने छ। आमनिर्वाचनका लागि आवश्यक सबै मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा छापिने आयोगले जनाएको छ। जनक शिक्षा सामग्री केन्द्र स्रोतका अनुसार मङ्गलबार अपराह्न ४ बजेदेखि मतपत्र छाप्न सुरु भएको हो। जनक शिक्षा सामग्रीको दैनिक १२ देखि १५ लाख मतपत्र छाप्ने क्षमता छ। आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, “नमुना मतपत्र छपाइ सकिएलगत्तै समानुपातिकतर्फको मतपत्र डिजाइन तयार गरेर जनक शिक्षालाई दिइनेछ।”
निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्रको डिजाइन अझै गरिसकेको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)को चुनाव चिह्न के हुने सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको हुँदा आयोगलाई मतपत्र डिजाइन गर्न समस्या भएको थियो तर सर्वोच्च अदालतले गाई चुनाव चिह्न माग गरेको राप्रपा नेपालको रिट खारेज गरेको छ। यससँगै निर्वाचन आयोगले राप्रपा नेपाललाई प्रदान गरेको चुनाव चिह्न तीर नै कायम हुने भएको छ। सर्वोच्च अदालतले मङ्गलबार मात्रै उक्त रिट खारेज गरेको हो। आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले अदालतको आदेशपछि चिह्न कायम गर्न र मतपत्र छपाइको अवरोध हटेको बताउनुभयो।
आठ करोड मतपत्र छापिने
मङ्सिर ४ मा हुने आमनिर्वाचनका लागि ५०३ प्रकारको करिब आठ करोड मतपत्र छापिनेछन्। आयोगको निर्वाचन शाखाका अनुसार समानुपातिकतर्फ चार करोड र पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ चार करोड मतपत्र छापिनेछन्।
आयोगले आगामी चुनावमा करिब एक करोड ८० लाख मतदाता कायम हुने अनुमान गरेको छ। कायम रहेको मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्दै आएको अभ्यास छ। आयोगले असोज २५ गतेभित्र मतपत्र छापिसक्ने लक्ष्य राखेको छ।यो समाचार गाेरखापत्र अनलाइनमा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आठ करोड मतपत्र छापिने, #नमुना मतपत्र छाप्न सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्