को हुन एमालेबाट क्षेत्र नम्बर ६ (ख) मा सिफारीस भएका बिश्वनाथ लामिछाने ?
काठमाडौं ( सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा गरेसंगै काठमाण्डौ क्षेत्र न ६ ९ख० मा पनि नेकपा एमालेले उम्मेदवार बन्न चाहनेहरुको नाम सार्वजनिक गरेको छ । एमाले काठमाडौं जिल्ला कमिटी पदाधिकारी बैठकको निर्देशनअनुसार क्षेत्रीय कमिटी बैठकहरु बसेर नाम सिफारिस गरेको हो ।
प्रदेश निर्वाचन क्षेत्र ६ ख बाट दश जनाकोको नाम सिफारिस गरिएको छ । सिफारिसमा परेका मध्य एमालेका पुराना नेता बिश्वनाथ लामिछानेको पनि एमाले बृतमा चर्चा शुरु भएको छ ।
को हुन बिश्वनाथ लामिछाने ?
तारकेश्वर धर्मस्थली निवासी बिश्वनाथ लामिछाने २०४७ सालदेखी नेकपा एमालेको राजनितिमा सकिृय छन । तत्कालिन मालेमा आवद्ध भई भुमीगत राजनिति गरेका लामिछाने २०४८ सालमा धर्मस्थी गाँउ पार्टी कमिटिको सचिवका रुपमा कार्यरत थिए भने नेपाल निजामती कर्मचारी संगठनमा अवद्ध भई २०४८ सालमा गोश्वारा हुलाक कार्यलयका एमाले निकट कर्मचारीहरुको नेतृत्व गर्दे निजामती कर्मचारी संगठन उपत्यका कमिटि सदस्य भएका थिए । सोही बर्ष जिल्ला प्रशासन कार्यालय घेराउ गर्न जादाँ सरकारी सेवाबाट निलम्बनमा परि केही समय जेल जिवन समेत बिताएका थिए ।
वाकपुटामा माहिर, निडर र खरो मानिने बिश्वनाथ काठमाडौं क्षेत्र नं ६ मा दुई पटक क्षेत्रीय उपाध्यक्ष हुदौ हाल काठमाडौ जिल्ला सचिवालय सदस्य तथा क्षेत्रीय संयोजक रहेका छन ।
पार्टी संगठनमा मात्र नभई समग्र क्षेत्र नं ६ को सामाजिक , आर्थीक र पूर्वाधार बिकासमा महत्वपूर्ण योग्दान पुराएकौ कारण प्रदेस सांसदका रुपमा बिश्वनाथ चर्चामा छन ।
एमालेको बलियो संगठन , पार्टीप्रतिको जनाधार र भूगोलमा लोकप्रियताका कारण पनि बिश्वनाथ लामिछाने बलियो र शसक्त उमेद्धार हुने एमाले जनको भनाई छ ।
एमालेबाट क्षेत्र नम्बर ६ ख मा निम्न अनुसारको नाम सिफारीस भएको छ
क्षेत्र नम्बर ६ (ख)
कृष्णप्रसाद अधिकारी
विश्वनाथ लामिछाने
सावित्रा शर्मा
रामबाबु पाण्डे
गोपाल सापकोटा
अमृत थापा
बलराम सिटौला
पूर्ण महर्जन
मञ्जरी शर्मा
माधवराज थापा
कृष्ण खत्री
सुरेन्द्र थापा
अमन कुमार मास्के
क्याटेगोरी : समाचार
ट्याग : #बिश्वनाथ लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्