अव्यवस्थित तार हटाउदैं टोखा नगरपालिका, सडकमा उत्रए मेयर अधिकारी
टोखा नगरपालिकाले छरपस्ट रहेका फोन, इन्टरनेटलगायतका तार हटाउने भएको छ । विभिन्न सेवा प्रदायक कम्पनीहरु सँगको छलफल पछि अव्यवस्थित तार हटाउन थालिएको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।
नगर प्रमुख अधिकारीले सबै सेवाप्रदायकलाई आआफ्नो तार पहिचान गर्न र एउटा पोलदेखि अर्कोसम्म कम्पनीको तार पहिचानको ट्याग राख्न आग्रह गर्नुभयो । तार व्यवस्थापन नगरिए नगरपालिकाले तार काट्ने उनको भनाइ छ ।
इन्टरनेट सेवाप्रदायक, केबल अपरेटर्स एवं सेवाप्रदायकले टेलिकम र प्राधिकरणकै पोलबाट सेवा प्रवाह गरिरहेका छन् । सहरी सौन्दर्य कायम गर्न र अव्यवस्थित तार हटाउन टोखा नगरपालिकाले नगर प्रहरी, कर्मचारी परिचालन गरेको छ ।

क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #अव्यवस्थित तार हटाउदैं टोखा नगरपालिका, #टोखा नगरपालिका, #प्रकाश अधिकारी, #सडकमा उत्रए मेयर अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्