अनेरास्ववियुले नेता कार्यकर्ताहरुसँग माग्यो सुझाव
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न कमिटी र नेता कार्यकर्ताहरुसग जीवन उपयोगी वैज्ञानिक शिक्षा नीति र सुदृढ संगठन, सुखी नेपाली समृद्द नेपाल निमार्णको आधारका लागि तेश्रो नीति तथा विधान अधिवेशनका लागी सुझाव माग गरेको छ ।
अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै अबको बिध्यार्थी आन्दोलनको नितिगत मार्गदर्शनका लागि सम्मेलनमा पेश हुने राजनैतिक, शैक्षिक तथा सांगठनिक प्रतिवेदनमा समेटनुपर्ने बिषयहरुका लागि निम्नानुसारको विषयमा केन्द्रीत रही भाद्र २५ गते भित्र सुझावको रुपमा अनेरास्ववियु केन्द्रीय कार्यालयको ईमेलमा पठाउन अनुरोध गरेकी छन् ।
मिति : २०७९ भाद्र २१ गते सुझाव पठाइदिने सम्बन्धमा
आदरणीय प्रध्यापक, शिक्षक, बिद्यार्थी, बुद्दिजिबी, शिक्षा प्रेमी जनसमुदायहरु तथा अनेरास्ववियुका विभिन्न कमिटी र नेता कार्यकर्ताहरु : “जीवन उपयोगी वैज्ञानिक शिक्षा नीति र सुदृढ संगठन, सुखी नेपाली समृद्द नेपाल निमार्णको आधारका लागि तेश्रो नीति तथा विधान अधिवेशन” भन्ने नाराका साथ यहि असोज १ र २ गते काठमाडौंमा सम्पन्न हुने तेश्रो नीति तथा विधान सम्मेलनले तय गर्ने अबको बिध्यार्थी आन्दोलनको नितिगत मार्गदर्शनका लागि सम्मेलनमा पेश हुने राजनैतिक, शैक्षिक तथा सांगठनिक प्रतिवेदनमा समेटनुपर्ने बिषयहरुका लागि निम्नानुसारको विषयमा केन्द्रीत रही भाद्र २५ गते भित्र सुझावको रुपमा अनेरास्ववियु केन्द्रीय कार्यालयको ईमेलमा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौं ।
विषयहरु :
१. विद्यार्थी आन्दोलनको समिक्षा, एजेण्डा, संगठन र आन्दोलनको पुर्नगठन ।
२. नेपालको शैक्षिक अवस्थाको समिक्षा, संगठनले उठाउने शैक्षिक मुद्दा ।
३. बदलिँदो परिवेश र विज्ञान प्रविधिको नयाँ आयाम ।
४. वर्तमान राजनीतिक परिवेश र अनेरास्ववियु ।
ईमेल ठेगाना : mail.annfsu2022@gmail.com सुनिता बराल अध्यक्ष

क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियु, #अनेरास्ववियुले नेता कार्यकर्ताहरुसँग माग्यो सुझाव, #सुनिता बराल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्