नेकपा एस नेपाल र नेपाली समाजको रुपान्तरणका लागि प्रतिबद्ध छ: माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी नेपाल र नेपाली समाजको पूर्ण रुपान्तरणलागि प्रतिबद्ध रहेको बताएका छन् । उनले समाजको रुपान्तरणको लागि विसङ्गति पक्षहरुको पहिचान गरि समाधानको उपाय अगाडि सार्ने जिकिर गरे ।
मंगलबार नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालले सामाजिक विभेदको विरुद्ध सामाजिक जनचेतना र जागरण फैलाउनुपर्नेमा जोड दिए ।
“नेपाल र नेपाली समाजको पूर्ण रुपान्तरण प्रतिबद्ध भएको पार्टी एकीकृत समाजवादी नै हो । यो समाजको सम्पूर्ण रुपान्तरण गर्नको लागि यहाँ रहेका विसङ्गति, असङगत पक्ष लगाएतका समस्याहरुको पहिचान गर्दछ । यी समस्याको पहिचान गरेर समाधानको उपाय पनि अगाडि सार्दछ । समाधान गर्नको लागि आफ्नो शक्तिले दिएसम्म अगाडि बढ्ने काम पनि गर्दछ ।”
नेपालले समस्या, अत्याचार लगाएतका घटनाक्रमहरुबाट उत्पीडनमा परेको समाजको हितको लागि आवाज उठाउनुपर्ने धारणा राखे । आफूहरुको प्रमुख उद्धेश्य भनेको समाजवाद स्थापना गर्नुरहेको नेता नेपालको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##माधव कुमार नेपाल, #नेकपा एकीकृत समाजवादी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्