संसदको आयू लम्बाउन नदिने एमालेको चेतावनी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै हालतमा संसदको आयू लम्बाउन नदिने चेतावनी दिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले प्र्रमुख सचेतक विशाल भट्टराईले मनोनयन दर्ताको अघिल्लो दिन प्रतिनिधि र प्रदेश सभाको कार्यकाल समाप्त हुनैपर्नेमा जोड दिए ।
सरकारले दुईदिन भएपनि लम्बाएर कुनै हर्कत गरे चाहे एमाले त्यसको सधैं विपक्षमी उभिने बताउँदै त्यसलाई अनिवार्य रुपमा रोक्ने भट्टराईको भनाई छ ।
“मनोनयन दर्ताको अघिल्लो दिन हाम्रो प्रतिनिधि सभा र प्रदेश सभाको समाप्त हुनैपर्छ । दुईदिन भएपनि लम्बाएर अरु कुनै हर्कत गर्न तपाईहरुले चाहानुभएको छ भने नेकपा एमाले त्यसको विपक्षमा छ । हामी अनिवार्य रुपमा त्यसलाई रोक्न चाहान्छौं ।”
विशाल भट्टराईले निर्वाचन पछि पनि यो कार्यकाल यथावत् राख्ने कुरा विरोधाभाष हुने बताउँदै जनताले एउटै निर्वाचन क्षेत्रमा २ वटा सांसद देख्ने अवसर हुने भन्दै व्यङ्ग गरे । उनले यस्तो विरोधाभाष कुरा सरकार र कानूनी मन्त्रीले कसरी परिकल्पना गरेको भन्दै अच्चम लागेको व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #विशाल भट्टराई, #संसदको आयू लम्बाउन नदिने एमालेको चेतावनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्