चुनावपछि काँग्रेसकै नेतृत्वमा सरकार बन्छ : दिपक खड्का
काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पुर्वमन्त्री दिपक खड्काले सीटको बाँडफाँट सहमतिमा नै टुंग्याउने कोसिस भइरहेको बताउनुभएको छ ।
मंगलबार सूचनाप्रेससँग विशेष संवाद गर्नुहुँदै नेता खड्काले सकेसम्म आज हुने गठबन्धनको बैठकले सिट बाँडफाँडको टुंगो लगाउने बताउनुभयो । उहाँले नेपाली काँग्रेसलाई ९० र अन्य दललाई अरु सिटको बाँडफाँट हुन सक्ने अनुमान व्यक्त गर्नुभयो ।
नेता खड्काले पुराना नेताको त्याग, योगदानको कदर गर्नका लागि आगामी निर्वाचनमा पनि उनीहरुलाई जिताउनुपर्ने बताउनुभयो । गठबन्धनबाट चुनावमा जाने तयारी भएका कारण अवको निर्वाचनबाट नेपाली काँग्रेस लगायत गठबन्धन पहिलो हुने उहाँको दाबी थियो । निर्वाचनपछि पनि नेपाली काँग्रेसले नै सरकारको नेतृत्व गर्ने नेता खड्काले दोहोरयाउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #दिपक खड्का, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्