उम्मेदवारी दर्तासँगै संसद्को आयु सकिन्छ : “प्रचण्ड”
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले निर्वाचन क्षेत्र र सिट बाँडफाँड एकैसाथ टुङ्ग्याउने गरि छलफल भइरहेको बताउनु भएको छ ।
आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मिल्ने जति कार्यदलले टुङ्ग्याउने र नमिले जतिको सिट बाँडफाँड शीर्ष तहबाटै टुङ्गो लगाउने बताउनु भयो ।
सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको उम्मेदवारी दर्तासँगै संसद्को आयु सकिने बताउनुभयो । मङ्सिर ४ गते निर्वाचन हुन्छ, त्यस अघि कन्फ्युजन गर्ने केही काम गर्न हुँदैन भनेर गठबन्धनमा छलफल भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सम्भवतः आजै विधेयक फिर्ता हुने बताउनुभयो ।
गत वैशाखमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु जनताको जित भएको चर्चा गर्दै उहाँले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा सबै लाग्नु पर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्ड आज धनगढी हुने पार्टीको प्रशिक्षण कार्यक्रमका लागि यहाँ आउनु भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्