Techie IT
मंगलबार, असार २३,२०८३

झापाबाट अवैध लागूऔषध सहित एक जना पक्राउ


झापा । अवैध लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
दमक नगरपालिका–२ खरखरे बस्ने ४१ वर्षीय भिम बहादुर खत्रीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यलय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #झापाबाट अवैध लागूऔषध सहित एक जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्