चीनको सिचुआन प्रान्तमा भूकम्प : कम्तीमा ४६ जनाको मृत्यु
चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
चाइना अर्थक्वेक्स नेटवर्क्स सेन्टरका अनुसार सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भूकम्प गएको हो । भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ ।
भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ । गत हप्ता सिचुआनको राजधानी चेङ्डुकाका करिब २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो ।
भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको बताएको छ ।
भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दुरसञ्चार सेवा अवरुद्ध भएको छ ।
सिचुआन प्रान्त तिब्बतको छेउमा अवस्थित छ र भूकम्पको जोखिममा छ। यस प्रान्तमा सन् २००८ मा गएको ८.२ म्याग्निच्युडको विनाशकारी भूकम्पमा ६९ हजार मानिसको ज्यान गएको थियो । सन् २०१३ मा ७ म्याग्निच्युडको भूकम्पले यस प्रदेशमा दुई सय जनाको ज्यान गएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #चीनको सिचुआन प्रान्तमा भूकम्प
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्