परमादेशी सरकार देश र जनताप्रति अनुत्तरदायी: सुवासचन्द्र नेम्वाङ
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेकाले जनताप्रति उत्तरदायी नदेखिएको र जनताको पक्षमा काम गर्न पनि नसकेको बताउनुभएको छ ।
नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उपाध्यक्ष नेम्वाङले आगामी निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने गरी अभियानमा जुट्न पार्टीका नेताकार्यकर्तालाई आग्रह गर्नुभयो ।
देशको विकास र समृद्धिका लागि आगामी निर्वाचनमा एमालेले जित्न आवश्यक रहेको चर्चा गर्दै उपाध्यक्ष नेम्वाङले पार्टीलाई जिताउन ढुक्कसाथ लाग्न आग्रह गर्नुभयो । गठबन्धन दलका नेताहरूको गलत कार्यको निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले संसदीय समिति बैठकमा पोल खोलिरहेको उहाँले बताउनुभयो ।
एमाले फुटाउन अध्यादेश ल्याएर काँग्रेस नेतृत्व सरकारले गलत र अनैतिक काम गरेको चर्चा गर्दै संविधान सभाको अध्यक्षसमेत रहनुभएका नेम्वाङले एमाले फुटाउनलाई अध्यादेश ल्याउने र फुटेपछि फिर्ता लिने काम विल्कुल गलत र गैरकानुनी छ भन्नुभयो ।
आफ्नै कमजोरीले पनि गत स्थानीय तह निर्वाचनमा एमालेलाई केही हानी पुगेको चर्चा गर्दै उहाँले पार्टीभित्रका नेता कार्यकर्ताहरुको आन्तरिक गुटबन्दी र तिक्तताले परिणाम सोचेजस्तो नआएको बताउनुभयो । उपाध्यक्ष नेम्वाङले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्दा सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डित र स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीले प्रशिक्षण दिनुभएको थियो । संयोजक श्यामकुमार बस्नेतको अध्यक्षतामा भएको प्रशिक्षणमा करिव पाँचहजार जनाको सहभागिता रहेको कमिटीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सुवासचन्द्र नेम्वाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्